काठमाडौँ- आज (साउन १९)देखि नेपाली हलहरूमा फिल्म ‘अदृश्य’ प्रदर्शन भएको छ। अपराध जनरामा बनेको फिल्म पछिल्लो समय देशमा भइरहेको सामाजिक घटनामा केन्द्रित छ।
बलात्कारपछि हत्या भएको घटनाको दोषी पत्ता लगाउने कथामा प्रमोद अग्रहरि रिस्ता बस्नेत, शोहित मानन्धर, प्रवीण खतिवडा, छुल्ठिम डोल्मा गुरुङ, रवि गिरी, विकेश प्रजापती, गीत बिष्ट, सिएम भारद्वाज सुवेदी, सन्दीपबाबु लोहनी, रुपेश दाहाललगायत कलाकारको अभिनय छ।
राकेश रनपालको कथा, आकाश उखेडाको पटकथा तथा संवाद रहेको फिल्म प्रल्हाद काफ्लेले निर्देशन गरेका छन्। पिताम्बर फिल्म्सको प्रस्तुतिमा बनेको फिल्मका लगानीकर्ता मिना बस्नेत र उमारुद्रा काफ्ले हुन्।
फिल्म उत्तम हुमागाईं र मोहनकुमार झिल्लुको छायांकन, बनिश शाहको सम्पादन र विशाल पौडेलको संगीतमा बनेको छ।
आज उपत्यकामा वान सिनेमाज, बिएसआर मुभिज, सिडिसी सिनेमाज, रञ्जना सिनेप्लेक्स, सिके सिनेमाजलगायतका हलमा फिल्म ‘अदृश्य’ ले सो पाएको छ।

                                             
                                             

