मिसेस नेपाल वर्ल्ड दीक्षालाई इलेक्ट्रिक स्कुटर प्रदान

हिमाल प्रेस १७ साउन २०८० १९:२२
22
SHARES
मिसेस नेपाल वर्ल्ड दीक्षालाई इलेक्ट्रिक स्कुटर प्रदान

काठमाडौँ- मिसेस नेपाल वर्ल्डकी विजेता दीक्षा केसीलाई इलेक्ट्रीक स्कुटर पुरस्कार हस्तान्तरण गरिएको छ। बुधबार लतिलपुरमा एक समारोहबीच विजेता केसीलाई रातो रंगको इलेक्ट्रिक स्कुटर हस्तान्तरण गरिएको हो।

मिसेस नेपाल वर्ल्डका आयोजक तथा रिवन इन्टरटेनमेन्टका अध्यक्ष निशुकान्त झा, मिसेस नेपाल वर्ल्डका अफिसियल कोरियोग्राफर अश्विनी कान्त झा, एस वे कम्पनीकी गृष्मा शाक्य तुलाधरलगायतले ललितपुरमा एक समारोहबीच दीक्षालाई सो स्कुटर हस्तान्तरण गरेका हुन्। रिवन इन्टरटेनमेन्ट प्रालिले आयोजना गर्दै आएको मिसेस नेपाल वर्ल्डको सुन्दरी प्रतियोगितामा केसीले ताजसँगै स्कुटर जितेकी थिइन्।

गत वर्ष सम्पन्न मिसेस नेपाल वर्ल्डको फाइनलमा दीक्षाले उपाधिसँगै अमेरिकामा आयोजना हुने मिसेस वर्ल्डमा नेपालका तर्फबाट प्रतिनित्व गर्दै सहभागी हुने अवसर, इलेक्ट्रिक स्कुटर, पोखराको टुर प्याकेज हाँसिल गरेकी थिइन्। सोही पुरस्कार स्वरुप इलेक्ट्रिक स्कुटर प्रदान गरेको मिसेस नेपाल वर्ल्डका आयोजक निशुकान्त झाले बताए।

दीक्षाले सो स्कुटर ग्रहण गर्दै आफूसँग अरु स्कुटर भए पनि इलेक्ट्रिक स्कुटर नभएका कारण यो स्कुटर महत्वपूर्ण हुने बताइन्। हालै मात्र मिसेस नेपाल वर्ल्डको तर्फबाट आफूले अमेरिकामा सम्पन्न मिसेस वर्ल्डमा नेपालको प्रतिनिधित्व गरेर आएको पनि उनले जानकारी गराइन्। मिसेस वर्ल्डको स्टेजमा आफुले नेपालको कला संस्कृति प्रस्तुत गरेर नेपाललाई चिनाएको पनि उनले जनाइन्।

यतिबेला आफू र आफ्ना सहकर्मीहरू मिसेस नेपाल वर्ल्ड- २०२३ को तयारीमा जुटेको पेजेन्टका कोरियोग्राफर अश्विनी कान्त झाले बताए। अमेरिकामा सम्पन्न मिसेस वर्ल्डमा दीक्षाले आफ्नो प्रस्तुति राम्रो दिएको र अब हुने मिसेस नेपाल वर्ल्ड बिजेताले दीक्षाबाट धेरै अनुभवहरू सिक्न सक्ने विश्वास उनले गरे।

प्रकाशित: १७ साउन २०८० १९:२२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast