फाइल तस्बिर 
                                            काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विदेशमा रहेका नेपालीलाई स्वदेशमै रोजगारको घोषणा गरेको छ।
पार्टी सभापति रवि लामिछानेले वैदेशिक रोजगारीमा रहेका तर स्वदेश फर्किन चाहनेका लागि एक सयभन्दा बढी रोजगारको घोषणा गरेका हुन्।
उनका अनुसार विश्वका विभिन्न देशमा रहेका नेपालीले छनोट प्रक्रियामार्फत स्वरोजगार बन्न सक्नेछन्।
सभापति लामिछानेले विदेशी पत्रिका तथा चोकहरूमा विज्ञापन गरी इच्छुक नेपालीलाई फ्री टिकटमा फर्किन आग्रह गरेका छन्।
सभापति लामिछानेले यसअघि निर्वाचनको समयमा फ्री टिकटको व्यवस्था गरी विदेशमा रहेका नेपालीलाई स्वदेश फर्काउने अभियान चलाउने बताएका थिए।
                            प्रकाशित: १७ साउन  २०८० १०:०४ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
                                             
                                             
                                             
                                             
                                             

