इसेवाबाट बिमा शुल्क नवीकरण गर्दा ल्यापटप जित्ने अफर

हिमाल प्रेस १५ साउन २०८० २१:४२ | Monday, July 31, 2023
इसेवाबाट बिमा शुल्क नवीकरण गर्दा ल्यापटप जित्ने अफर

काठमाडौँ- इसेवाबाट बिमा शुल्क भुक्तानी गर्दा ल्यापटप जित्न सकिने भएको छ। कुनै पनि जीवन बिमाको प्रिमियम इसेवाबाट भुक्तानी गर्दा लक्की ड्रमार्फत एक जना विजेताले डेलको ‘५३२० आई५’ ल्यापटप पाउने भएका हुन्।

बिमाको प्रिमियम इसेवामार्फत भुक्तानी गर्दा प्रत्येक दिन ५ जनाले ५ सय रुपैयाँ बराबर क्यासब्याक पनि पाउने कम्पनीको भनाइ छ। उक्त अफर साउन २५ गतेसम्म चल्ने कम्पनीले बताएको छ।

अफरमा सहभागी हुन कुनै पनि जीवन बिमा कम्पनीको प्रिमियम इसेवामार्फत भुक्तानी गरेको हुनुपर्ने, भुक्तानी गर्ने व्यक्ति इसेवामा प्रमाणित भएको हुनुपर्नेलगायत शर्त छन्।

प्रकाशित: १५ साउन २०८० २१:४२ | Monday, July 31, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast