सबै नेता बिग्रिएका छैनन्, केही बिग्रिए भनौँ : केपी ओली

हिमाल प्रेस १५ साउन २०८० १९:०३ | Monday, July 31, 2023
सबै नेता बिग्रिएका छैनन्, केही बिग्रिए भनौँ : केपी ओली

काठमाडौँ– नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सबै नेता बिग्रिए भन्नु गलत हुने बताएका छन्। अध्यक्ष ओलीले सबै नेता बिग्रिए भन्ने कुराले समाजमा गलत सन्देश जाने भएकाले त्यस्ता खालका लेख, रचना सम्प्रेषित नगर्न पनि साहित्यकारहरूलाई आग्रह गरे। उनले अरस्तुले कान्छी श्रीमतीको मात्रै दाँत गनेर महिलाहरूको दाँत २८ हुन्छ भनेजस्तै हाम्रा स्रष्टाहरूले पनि सबै नेताहरूलाई बिग्रिएको भन्नु उस्तै हुने बताए।

सोमबार ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित ‘युगदूत’ नामक पुस्तक विमोचन तथा स्रष्टा भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले साहित्यकार वासुदेव अधिकारीद्वारा लिखित ‘सबै नेता बिग्रिए’ शीर्षक कविताको रचनालाई उद्धृत गर्दै सो कुरा बताएका हुन्।

उनले स्रष्टाहरूलाई कतिपय नेताहरू बिग्रिएको कुरा सत्य भएकाले त्यस्ता तथ्यलाई आत्मासाथ गरेर साहित्यिक सृजना गर्न सुझाव समेत दिए। तर सबै नेताहरू बिग्रिएको भन्न नमिल्ने उनको तर्क थियो।

उनले भने, ‘राजनीति भनेको भ्रष्ट नीति, छुल्याहा नीति, चुक्लीचाक्लीवाला नीति, ढाँट छलवाला नीति, धोकावाला नीति होइन। राजनीतिमा यस्तो त भइहाल्छ नि भन्ने चलन छ आजकाल। राजनीतिमा नहुनुपर्ने कुरा हुनु हुँदैन। राजनीतिमा गर्न नहुने काम पनि गर्न हुने, अपवित्र पनि पवित्र हुने भन्ने हुँदैन। राजनीति नीतिहरूको मूल नीति हो। यो सबै नीतिहरूको मुहान भएको हुनाले मुहानलाई धमिलो बनाउनु हुँदैन।’

प्रकाशित: १५ साउन २०८० १९:०३ | Monday, July 31, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast