कामचलाउ सरकारबारे कोशीका प्रदेश प्रमुख नै अन्योलमा, भन्छन् : भन्न सक्ने अवस्था छैन

हिमाल प्रेस १५ साउन २०८० १६:१२ | Monday, July 31, 2023
कामचलाउ सरकारबारे कोशीका प्रदेश प्रमुख नै अन्योलमा, भन्छन् : भन्न सक्ने अवस्था छैन

काठमाडौँ- कोशीका प्रदेश प्रमुख परशुराम खापुङले अहिलेको कामचलाउ मुख्यमन्त्री को हो भनेर आफूले भन्न नसक्ने बताएका छन्।

एमाले कोशीका संसदीय दलका उपनेता राम रानासहित प्रदेश प्रमुखको कार्यालयमा पुगेका एमाले प्रदेशसभा सदस्यहरूलाई खापुङले सर्वोच्चको फैसलाको पूर्ण पाठ आइनसकेकाले आफूले कामचलाउ मुख्यमन्त्री को हो भन्न नसक्ने बताएका हुन् ।

एमाले प्रदेशसभा सदस्यहरू अहिलेको राजनीतिक संकटका विषयमा कुरा गर्न प्रदेश प्रमुखको कार्यालयमा गएका थिए।

एमाले कोशी प्रदेश संसदीय दलका उपनेता रानाले कोशीमा सरकारविहीनताको अवस्था सृजना भएको भन्दै अहिलेको कामचलाउ मुख्यमन्त्री को हो भनेर सोधेका थिए।

रानाको प्रश्नमा प्रदेश प्रमुख खापुङले सर्वोच्चको पूर्ण पाठ नआएकाले मैले भन्न नसक्ने भनेर जवाफ दिएका थिए।

प्रकाशित: १५ साउन २०८० १६:१२ | Monday, July 31, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast