कमेडी शो ‘महागफाडी’ को अडिसन सुरु

हिमाल प्रेस १५ साउन २०८० १२:२७ | Monday, July 31, 2023
कमेडी शो ‘महागफाडी’ को अडिसन सुरु

काठमाडौँ– टेलिभिजन रियालिटी शो ‘महागफाडी’ को औपचारिक घोषणासहित आजदेखि अडिसन सुरु भएको छ। शो आगामी असोज तेस्रो साताबाट प्रसारण गरिने निर्माण टिमले जनाएको छ।

विश्वभर रहेका नेपालीभाषी तथा नेपालीले शोमा सहभागीता जनाउन सक्नेछन्। साथै उनीहरूले आफ्नो मातृभाषामासमेत अडिसन दिनसक्ने बताइएको छ।

अडिसनबाट छानिएका उत्कृष्ट १८ जना मात्र शोमा सहभागी हुनेछन्।

‘महागफाडी’को निर्णायक मण्डलमा कवि शैलेन्द सिम्खडा, अभिनेत्री लुनिभा तुलाधर र अभिनेता बुद्धि तामाङ रहनेछन्। कार्यक्रम कलाकार कामेश्वर चौरासियाले सञ्चालन गर्नेछन्।

‘महागफाडी’ प्रसारण हुने टेलिभिजन च्यानल र समय तोकिएको छैन। आयोजक छिट्टै सार्वजनिक गर्ने तयारीमा छ।

ढाकाटोपी फिल्म्सको ब्यानरमा बन्ने रियालिटी शो नरेश नाथ योगीले निर्देशन गर्नेछन्। बोलेर नै केही गर्छु भन्नेहरूको लागि यो कार्यक्रम रहेको उनले बताए।

‘बोलेर नै जीवनमा केही गर्छु भन्नेहरूका लागि यो उपयोगी र नवीन प्लेटर्फम हुनेछ,’ उनले भने।

दर्शकको भोटिङका आधारमा रियालिटी सोको विजेता छनोट गरिनेछ। विजेताले १५ लाख नगद र सवारी साधन पाउनेछ।

यस्तै फर्स्ट रनरअप लाई १० लाख नगद र सवारी साधन, सेकेन्ड रनरअपलाई ५ लाख नगद र सवारी साधन तथा चौंथो र पाँचौं हुनेलाई आर्कषक पुरस्कारको व्यवस्था रहेको उनले जानकारी दिए।

कार्यक्रममा सहभागीले कुनै पनि विषयमा गफ गरेरै आफुलाई ‘महागफाडी’का रूपमा प्रस्तुत गनुपर्ने हुन्छ। १६ हप्तासम्म चल्ने कार्यक्रमको फाइनल अष्ट्रेलियामा गरिने बताइएको छ।

प्रकाशित: १५ साउन २०८० १२:२७ | Monday, July 31, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast