काठमाडौँको महाँकाल मन्दिरमा ट्यांकर ठोक्किँदा चालक घाइते

हिमाल प्रेस १५ साउन २०८० १०:२१ | Monday, July 31, 2023
काठमाडौँको महाँकाल मन्दिरमा ट्यांकर ठोक्किँदा चालक घाइते

काठमाडौँ– काठमाडौँको महाँकाल मन्दिरमा ट्यांकर ठोक्किँदा चालक घाइते भएका छन्। सोमबार राति सवा २ बजे ना. २ क ४० नम्बरको पानी ट्यांकर मन्दिरमा ठोक्किएको प्रहरी वृत्त जनसेवाले जानकारी दिएको छ।

ट्यांकर ठोक्किएर मन्दिरको भित्ता र मूर्तिमा क्षति पुगेको छ। घाइते भएका चालकको ट्रमा सेन्टरमा उपचार भइरहेको छ। उनको अवस्था गम्भीर छ।

चालक ओखलढुंगा घर भई बसुन्धरा बस्ने ५९ वर्षीय तेजबहादुर खत्री रहेका छन्। अनियन्त्रित भएर ट्यांकर दुर्घटनामा परेको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: १५ साउन २०८० १०:२१ | Monday, July 31, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast