संवैधानिक परिषद्‌‌को बैठक बोलाइयो, प्रधानन्यायाधीशको नाम सिफारिस हुने सम्भावना

हिमाल प्रेस १४ साउन २०८० १७:३६ | Sunday, July 30, 2023
संवैधानिक परिषद्‌‌को बैठक बोलाइयो, प्रधानन्यायाधीशको नाम सिफारिस हुने सम्भावना फाइल तस्बिर

काठमाडौँ- संवैधानिक परिषद्‌को बैठक आह्वान भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहालले मंगलबार अपराह्न ४ बजेका लागि परिषद्‌को बैठक बोलाएका हुन्। आज आइतबार प्रमुख विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र सरकारको मुख्य साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गरेपछि दाहालले बैठक बोलाएका हुन्।

मंगलबारको बैठकमा भावि प्रधानन्यायाधीशको नाम प्रस्ताव गर्ने तयारी छ। अहिलेका प्रधान्यायाधीश हरिकृष्ण कार्की साउन २० गते अवकास जाँदैछन्। प्रधानन्यायाधीश अवकाशमा जानुभन्दा एक महिनाअघि भावि प्रधानन्यायाधीशको नाम सिफारिस हुनुपर्ने भए पनि त्यसो भएको छैन।

आजको बैठकमा पनि तीन नेताबीच संवैधानिक परिषद्‌को बैठकसँगै संसद्‌मा हुँदै आइरहेको अवरोध खुलाउनेबारे छलफल भएको थियो।

प्रकाशित: १४ साउन २०८० १७:३६ | Sunday, July 30, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast