हप्ता दिनमा १२७ अंकले घट्यो नेप्से परिसूचक

हिमाल प्रेस १४ साउन २०८० १५:५७ | Sunday, July 30, 2023
हप्ता दिनमा १२७ अंकले घट्यो नेप्से परिसूचक

काठमाडौँ- चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीति आएपछिको हप्ता दिनमा सेयर बजारमा भारी गिरावट आएको छ। साउन ७ गते राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गरेको थियो। त्यो दिन सेयर बजार ६३ अंकले उकालो लागेको थियो।

मौद्रिक नीतिले २५ लाखसम्मको सेयर कर्जाको जोखिमभार १०० प्रतिशतमा झारेको छ। यसअघि १५० प्रतिशत थियो। त्यस्तै नीतिगत दर ०.५ प्रतिशत बिन्दुले घटाएको छ। तर पनि लगानीकर्ता सेयर बजारतर्फ आकर्षित भएका छैनन्।

मौद्रिक नीति आएको भोलिपल्ट (साउन ८ गते) २६ अंकले घटेको बजार त्यसपछि लगातार ओरालो लागेको छ। आज आइतबारसम्म बजार १२७ अंकले घटिसकेको छ। आज २६ अंकले घट्दै परिसूचक २१०० बिन्दुमा आएको छ। आइतबार १८९ कम्पनीको सेयर मूल्य घट्दा १८ कम्पनीको बढेको छ, भने १० कम्पनीको स्थिर रह्यो।

आज ६८ लाख ५० हजार कित्ता सेयर खरिदबिक्री हुँदा २ अर्ब ५० करोड २८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। कारोबार रकमका हिसाबले शिवम् सिमेन्ट शीर्ष स्थानमा रह्यो। यसको १४ करोड ७८ लाख रुपैयाँ बराबरको कारोबार भयो।

प्रकाशित: १४ साउन २०८० १५:५७ | Sunday, July 30, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast