बागमती प्रदेशले पनि घटायो ढुवानी भाडा

हिमाल प्रेस ११ साउन २०८० २१:३३ | Thursday, July 27, 2023
बागमती प्रदेशले पनि घटायो ढुवानी भाडा

काठमाडौँ- बागमती प्रदेश सरकारले प्रदेशभित्र ढुवानी भाडा घटाएको छ। बिहीबार एक सूचना जारी गर्दै बागमती प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्रालयले उक्त जानकारी गराएको हो।

यसअघि प्रतिकिलोमिटर प्रतिटन १४ रुपैयाँ १९ पैसा ढुवानी भाडा रहेको थियो। बिहीबारदेखि लागू हुनेगरी १३ रुपैयाँ ७४ पैसा कायम गरिएको बागमती प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्रालयले जानकारी दिएको छ।

यसअघि यही साउन १ गतेदेखि लागू हुनेगरी संघीय सरकार यातायात व्यवस्था विभागले अन्तरप्रदेश ढुवानी भाडा घटाएको थियो। नेपाल आयल निगमले पछिल्लो एक महिनाबीचमै दुईपटक डिजेल तथा पेट्रोलको मूल्य घटाएको छ।

सोही अनुसार यसअघि संघीय सरकारले अन्तरप्रदेश सार्वजनिक यातायातको भाडा घटाएको थियो। त्यसपछि बागमती प्रदेश सरकारले पनि सार्वजनिक यातायातको भाडा घटाएको छ।

ढुवानी भाडा घट्दा पनि महँगै छ भान्छा

प्रकाशित: ११ साउन २०८० २१:३३ | Thursday, July 27, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast