काठमाडौँमा १ रुपैयाँ घट्यो गाडी भाडा

हिमाल प्रेस ११ साउन २०८० १६:५५
46
SHARES
काठमाडौँमा १ रुपैयाँ घट्यो गाडी भाडा फाइल तस्बिर।

काठमाडौँ- बागमती प्रदेश सरकारले काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीको भाडा १ रुपैयाँ घटाएको छ। बिहीबार बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले सूचना जारी गर्दै १ रुपैयाँ बस भाडा घटाइएको जानकारी गराएको हो।

घटाइएको भाडादरअनुसार काठमाडौँ उपत्यकाभित्र ५ किलोमिटरसम्मको भाडा १८ रुपैयाँ कायम गरेको छ। यसअघि गत जेठ ११ गते तोकिएको भाडादर अनुसार शून्यदेखि ५ किलोमिटरसम्मको भाडादर १९ रुपैयाँ रहेको थियो।

प्रदेश सरकारले १० किलोमिटरसम्मको भाडादर २४ रुपैयाँ, १५ किलोमिटरसम्मको भाडादर २९ रुपैयाँ, २० किलोमिटरसम्मको भाडा ३२ रुपैयाँ र सोभन्दा माथि ३७ रुपैयाँ निर्धारण गरेको छ। यसअघि जेठ ११ गते निर्धारित भाडादरअनुसार १० किलोमिटरसम्म २५ रुपैयाँ, १५ किलोमिटरसम्म ३० रुपैयाँ, २० किलोमिटरसम्म ३३ रुपैयाँ र सोभन्दा माथिको ३८ रुपैयाँ रहेको थियो।

बागमती प्रदेश सरकारले उपत्यकाबाहेकका स्थानमा सार्वजनिक यातायातको भाडा २.३० प्रतिशत घटाएको छ। त्यसमा १० किलोग्रामसम्म सामान निःशुल्क र सोभन्दा माथि प्रतिकिलोग्राम ५ रुपैयाँका दरले बोक्न पाउने बताएको छ।

यसअघि यही साउन १ गतेदेखि लागू हुनेगरी यातायात व्यवस्था विभागले पनि अन्तरप्रदेश सार्वजनिक यातायातको भाडा घटाएको थियो।

प्रकाशित: ११ साउन २०८० १६:५५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 − two =