टोरन्टो फिल्म फेस्टिभलमा छानियो नेपाली ‘माउन्टेन क्विन’को कथा

हिमाल प्रेस ११ साउन २०८० १५:४२ | Thursday, July 27, 2023
टोरन्टो फिल्म फेस्टिभलमा छानियो नेपाली ‘माउन्टेन क्विन’को कथा

काठमाडौँ- विश्व प्रसिद्ध ‘टोरन्टो इन्टरनेसनल फिल्म फेस्टिभल’मा यसपटक छनोट भएका वृत्तचित्रहरू घोषणा भएका छन्। जसमा १० पटक सगरमाथा आरोहण गरेकी लाक्पा शेर्पामाथि बनेको वृत्तचित्र ‘माउन्टेन क्विन : द समिट्स अफ लाक्पा शेर्पा’ पनि छनोट भएको छ।

डकुमेन्ट्री विधामा छानिएको ‘माउन्टेन क्विन’की निर्देशक लुसी वाकर हुन्। ‘डेभिल्स प्लेग्राउन्ड’, ‘ब्लाइन्डसाइट’, ‘वेस्ट ल्यान्ड’, ‘काउन्टडाउन टू जिरो’ र ‘द क्य्रास रिल’लगायत वृत्तचित्र निर्देशन गरेकी छन्। वाकरका ‘द सुनामी एन्ड द चेरी ब्लसम’ र ‘वेस्ट ल्यान्ड’ वृत्तचित्र अस्करमा मनोनयनमा परेका छन्।

हलिउडको मनोरञ्जन समाचार पोर्टल ‘डेडलाइन’ले फिल्म टोरन्टोमा विश्व प्रिमियर हुन लागेको जनाएको छ। वृत्तचित्रमा नेपाली मूलकी महिला लाक्पा शेर्पाको कथा देखाइएको छ। उनले १० पटक सगरमाथा आरोहण गरेकी छन्।

‘लाक्पा शेर्पा एकल आमा हुन्, आफ्ना बच्चा हुर्काउँदै छिन्,’ डेडलाइनमा लेखिएको छ, ‘नेपालमा हुर्किएकी उनी निरक्षर हुन्। गत वर्ष छायांकनका बेला उनी कनेक्टिकट होल फुड्समा डिसवासरको रूपमा काम गरिरहेकी थिइन्।’

बेलायती पत्रिका ‘द गार्जियन’मा लाक्पाबारे प्रकाशित लेखमा धेरैपटक सगरमाथा आरोहण गर्ने र जीवित झर्ने उनी पहिलो नेपाली महिला भनेर लेखिएको छ। पटकपटक सगरमाथा आरोहण गरेर उनले महिलाको लागि विश्व कीर्तिमान राखेको ‘द गार्जियन’ले लेखेको छ।

आफ्ना छोरीको राम्रो जीवनका लागि लाक्पाले फेरि आरोहण गर्ने भएकाले फिल्मले उनलाई पछ्याइरहेको ‘डेडलाइन’ले जनाएको छ।

प्रकाशित: ११ साउन २०८० १५:४२ | Thursday, July 27, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast