एमालेले माग्यो राष्ट्रियसभामा गृहमन्त्रीको राजीनामा

हिमाल प्रेस ११ साउन २०८० ११:४७ | Thursday, July 27, 2023
एमालेले माग्यो राष्ट्रियसभामा गृहमन्त्रीको राजीनामा फाइल तस्बिर।

काठमाडौँ- राष्ट्रियसभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग गर्दै उनीमाथि अनुसन्धान गर्न माग गरेको छ।

बिहीबार बसेको बैठकको आकस्मिक समयमा बोल्दै राष्ट्रियसभामा एमाले संसदीय दलका नेता देवेन्द्र दाहालले त्रिभुवन विमानस्थलबाट भएको झन्डै एक क्विन्टल सुन तस्करी प्रकरणमा गृहमन्त्री श्रेष्ठको समेत संलग्नता रहेको आरोप लगाउँदै अनुसन्धानका लागि उच्चस्तरीय छानबिन समिति बनाउन माग गरेका छन्।

उनले संसदीय छानबिन समिति बनाउने हो भने त्यसमा राष्ट्रियसभाका सदस्यलाई पनि सामेल गर्नुपर्ने बताए।

उनले भने, ‘विमानस्थलको सुरक्षा व्यवस्थालाई छिचोल्दै सय किलो सुन बाहिर आएर पक्राउ पर्छ। त्यसै दिन मैले सुरक्षा व्यवस्थालाई बलियो बनाउन सकिन भनेर विमानस्थल भन्सारसम्बन्धी सुरक्षाकर्मीलाई सस्पेन्ड गर्दै यो सम्मानित सदनलाई संशोधन गर्दै राजीनामा दिनुपर्थ्यो। तर त्यसो भएको छैन सभाध्यक्ष महोदय।’

 

प्रकाशित: ११ साउन २०८० ११:४७ | Thursday, July 27, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + twenty =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast