पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध

हिमाल प्रेस ११ साउन २०८० ११:३५ | Thursday, July 27, 2023
पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध फाइल तस्बिर।

बागलुङ– केही दिनदेखि परेको अविरल वर्षाका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ। राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत निसीखोला-रुकुमकोट खण्ड अवरुद्ध बनेको हो।

लोकमार्गको निसीखोला गाउँपालिका-४ र ५ को सिमाना धरमशाला तथा कालापैरा-२ को खाडुखोलामा बाढी आउँदा लोकमार्ग अवरुद्ध भएको हो। बिहीबार रातिदेखि अवरुद्ध भएको लोकमार्ग अहिलेसम्म खुलाउन नसकिएको निसीखोला-४ का वडाध्यक्ष टीकानिधी पौडेलले जानकारी दिए।

वर्षा हुने बित्तिकै उनलेदो झर्ने र सडकमा थुप्रिँदा यातायात अवरुद्ध हुने गरेको पौडेलले बताए। सडक अवरुद्ध हुँदा रुकुम पूर्वदेखि काठामाडौँ, पोखरालगायत ठाउँ जाने यातायातका साधान कालापैरामा ठप्प छन्।

बुर्तिबाङदेखि निसी, भल्कोट हुँदै पूर्वी रुकुम र रोल्पा पुग्ने साना ताथा ठूला यातायातका साधान कानाबगरमा रोकिएको अध्यक्ष पौडेलले बताए।

निरन्तर वर्षाका कारण लोकमार्गको विभिन्न ठाउँमा पहिरो जाने र रुख ढल्दा ठाउँ-ठाउँमा सडक अवरुद्ध भइरहेको छ। खाडु र कालापैरामा माथिदेखि भलसहितको ठूलो बाढी आँदा लोकमार्ग पूरै ढाकिएको छ।

गाडी ठप्प छन्। वर्षाका कारण निसीखोलाका सबै ग्रामीण सडक अवरुद्ध छन्। ग्रामीण सडकदेखि झरेको पहिरोले मुख्य सडकको धेरै ठाउँमा क्षति पुर्‍याएको छ।

प्रकाशित: ११ साउन २०८० ११:३५ | Thursday, July 27, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast