होटल सञ्चालकले नै प्रहरीका वरिष्ठ सईको हत्या गरेको प्रारम्भिक निष्कर्ष

हिमाल प्रेस १० साउन २०८० १५:५१ | Wednesday, July 26, 2023
होटल सञ्चालकले नै प्रहरीका वरिष्ठ सईको हत्या गरेको प्रारम्भिक निष्कर्ष

काठमाडौँ-  बागलुङको एक होटलमा मृत भेटिएका नेपाल प्रहरीका वरिष्ठ सई उज्ज्वल पौडेलको हत्या होटल सञ्चालकले नै गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। इलाका प्रहरी कार्यालय भीमगिठ्ठे बागलुङका प्रमुख रहेका पौडेलको शव बडिगाड गाउँपालिका ५ खाल बजारको आशा होटलमा भेटिएको थियो।

प्रहरीले अनुसन्धानका लागि होटल सञ्चालक सञ्चालक ५१ वर्षीया आशा कुँवर र उनका छोरा २० वर्षीय विनोदलाई पक्राउ गरेको छ। साउन ८ गते राति ८:१० बजे होटलमा होटल सञ्चालक र पौडेलबीच विवाद भएको पाइएको डीएसपी मदन केसीले बताए।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा होटल सञ्चालक आशा र उनका छोरा विनोदले पौडेललाई सुरुमा टाउकोमा मुक्का प्रहार गरेको पाइएको छ। मुक्का प्रहारपछि भुइँमा लडेका पौडेललाई आमाछोरा भएर छातीमा लात्तीले हानेर बेहोस बनाएको र बेहोस भइसकेपछि झ्यालमा भएको पर्दाले घाँटीमा बेरेर हत्या गरेको अनुसन्धानका क्रममा खुलेको बागलुङ प्रहरीले जनाएको छ।

‘प्रारम्भिक अनुसन्धानमा होटल सञ्चालक आमाछोरा मिलेर हत्या गरेको खुलेको छ,’ डीएसपी केसीले भने, ‘अनुसन्धान जारी छ। हत्या गरिसकेपछि आमाछोराले राति ११:३० बजेतिर उनको (पौडेलको) घाँटीमा भएको सुनको सिक्री पनि झिकेका रहेछन्।’ उक्त सिक्री प्रहरीले होटलमै भएको र्‍याकमा फेला पारेको छ।

प्रकाशित: १० साउन २०८० १५:५१ | Wednesday, July 26, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast