कुमारी क्यापिटल नेशनल पेमेन्ट स्वीचमा आबद्ध

हिमाल प्रेस १० साउन २०८० ११:४९
10
SHARES
कुमारी क्यापिटल नेशनल पेमेन्ट स्वीचमा आबद्ध

काठमाडौँ– कुमारी क्यापिटल लिमिटेड नेशनल पेमेन्ट स्वीच (एनपीएस)मा आबद्ध भएको छ।

यससँगै नेपाल क्लियरिङ हाउस (एनसीएचएल) को भुक्तानी प्रणाली प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सकिने भएको छ।

कुमारी क्यापिटल कुमारी बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको सहायक कम्पनी हो। यसले सन् २०१७ देखि मर्चेन्ट बैंकिङ, सल्लाहकार, लगानी व्यवस्थापनदेखि डिपोजिटरी पार्टिसिपेन्टसम्बन्धी सेवा दिँदै आएको छ।

एनसीएचएलका भुक्तानी प्रणालीको एकीकृत इन्टरफेसको रूपमा विकास गरिएको एनपीआईमा ५५ वटा बैंक तथा वित्तीय संस्था जोडिएका छन्।

यसका साथै पीएसपी/पीएसओ, रेमिट्यान्स कम्पनी, मर्चेन्ट बैंक, सरकारी संस्थालगायत १०० भन्दा बढी प्राविधिक सदस्यका रूपमा आबद्ध छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast