रेखाको फिल्म ‘उपहार’मा मुकुन अनुबन्धित

हिमाल प्रेस ८ साउन २०८० १२:३९ | Monday, July 24, 2023
रेखाको फिल्म ‘उपहार’मा मुकुन अनुबन्धित

काठमाडौँ- रेखा थापाले निर्माण गर्न लागेकी फिल्म ‘उपहार’ मा कलाकार मुकुन भुसाल अनुबन्धित भएका छन्।

फिल्मका निर्देशक ज्ञानेन्द्र देउजाले सामाजिक सञ्जालमार्फत मुकुन अनुबन्धित भएको जानकारी दिएका हुन्। फिल्ममा नायिका पूजा शर्मा यसअघि नै आबद्ध भइसकेकी छन्।

सामाजिक विषयवस्तुमा आधारित फिल्ममा अभिमन्यु निरवीको पटकथा तथा संवाद रहनेछ।

फिल्म रेखा फिल्म्स तथा कपनगढी सिनेमाको संयुक्त ब्यानरमा बन्नेछ।

प्रकाशित: ८ साउन २०८० १२:३९ | Monday, July 24, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast