सिद्धार्थ बैंक ‘उत्कृष्ट वार्षिक वित्तीय प्रतिवेदन’को अवार्डबाट सम्मानित

हिमाल प्रेस ८ साउन २०८० ११:५९ | Monday, July 24, 2023
सिद्धार्थ बैंक ‘उत्कृष्ट वार्षिक वित्तीय प्रतिवेदन’को अवार्डबाट सम्मानित

 काठमाडौँ- सिद्धार्थ बैंक लिमिटेड ‘उत्कृष्ट वार्षिक वित्तीय प्रतिवेदन २०२२’ अवार्डबाट सम्मानित भएको छ।

नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान)ले आव २०२१/२२ मा प्रकाशित वार्षिक प्रतिवेदनका आधारमा बैंकिलाई उक्त अवार्ड दिएको हो।

अर्थमन्त्री डा. प्रकाशशरण महतले सिद्धार्थ बैंकका प्रमुख कार्यकारी अधिकृत सुन्दरप्रसाद कँडेललाई अवार्ड हस्तान्तरण गरेका छन्।

यस अवार्डले बैंकलाई आगामी दिनमा अझ बढी परिस्कृत वित्तीय विवरण प्रकाशित गर्न हौसला मिलेको कँडेलले बताए। पुरस्कृत वार्षिक प्रतिवेदनले दक्षिण एसियाली लेखा व्यवसायी संघ (साफा)द्वारा आयोजना हुने ‘उत्कृष्ट वार्षिक प्रतिवेदन’ अवार्डका लागिसमेत प्रतिस्पर्धा गर्नेछ।

सिद्धार्थ बैंक गत वर्ष पनि ‘उत्कृष्ट वार्षिक वित्तीय प्रतिवेदन २०२१’ अवार्डबाट सम्मानित भएको थियो।

प्रकाशित: ८ साउन २०८० ११:५९ | Monday, July 24, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast