अभिनेत्री बन्दै छिरिङ

हिमाल प्रेस ८ साउन २०८० ११:५३ | Monday, July 24, 2023
अभिनेत्री बन्दै छिरिङ

काठमाडौँ- फिल्म ‘कार्साङ्’ मा छिरिङ शेर्पाले अभिनेत्रीको भूमिकामा देखिने भएकी छन्। यम शेर्पाको डेब्यु निर्देशनमा बन्ने फिल्ममा उनको मुख्य भूमिका रहने निर्माण टिमले बताएको छ।

छिरिङले शेर्पा समुदायमा बनेका केही फिल्म र म्युजिक भिडियोमा अभिनय गरिसकेकी छन्। उनी ‘डान्सिङ स्टार नेपाल सिजन २’को विजेता पनि हुन्।

शेर्पाले विश्वकै सर्वाधिक उचाइ कालापत्थरमा नृत्य तथा कोरियोग्राफी गरेर गिनिज बुकमानाम पनि लेखाएकी छन्।

फिल्ममा छिरिङको जोडी अभिनेता दयाहाङ राईसँग बाधिनेछ। कलाकार बुद्धि तामाङको पनि भूमिका रहने फिल्ममा अन्य कलाकार छनोट कार्य भइरहेको निर्माण टिमले जानकारी दिएको छ।

निर्देशक शेर्पाकै कथा, पटकथा तथा संवाद लेखन रहेको फिल्म आगामी तिहारपछि छायांकन गरिने बताइएको छ।
निदेशकका अनुसार शेर्पा समुदायको कथामा बन्न लागेको फिल्मको छायाँकंन बाह्रबिसे नगरपालिका र भोटेकोसीमा गाउँपालिकामा गरिने छ।

यार्सा फिल्मस्‌को ब्यानरमा बन्ने फिल्म पुरुषोत्तम प्रधानले छायांकन र निर्माण गर्नेछन्।

प्रकाशित: ८ साउन २०८० ११:५३ | Monday, July 24, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast