इटहरीका दुई विद्यालयको दर्ता खारेज

हिमाल प्रेस ७ साउन २०८० २१:१२ | Sunday, July 23, 2023
इटहरीका दुई विद्यालयको दर्ता खारेज

इटहरी- इटहरी उपमहानगरपालिकाभित्र सञ्चालित दुई विद्यालयको दर्ता खारेज गरिएको छ। इटहरी नमुना स्कुल र इटहरी चिल्ड्रेन स्कुलको सञ्चालन अनुमति उपमहानगरले खारेज गरिदिएको हो।

शिक्षा नियमावली २०५९ (संशोधन सहित)को नियम २५१(२) अनुसार शैक्षिक सत्र २०८० का लागि गरेको छात्रवृत्तिको विवरण पेस नगरेकाले अनुमति खारेज गरिएको इटहरी उपमहानगरका शिक्षा महाशाखा प्रमुख सूर्यप्रसाद सुवेदीले बताए।

विद्यालयले उपलब्ध गराएको छात्रवृत्तिको विवरण पेस सम्बन्धमा पत्र पठाएको थियो। पटकपटक पत्र पठाउँदा पनि छात्रवृत्ति विवरण तोकिएको समयावधिभित्र समेत पेस नगरिएपछि असार २९ गते बसेको नगर शिक्षा समितिको बैठकले इटहरी नमुनालाई ५० हजार र इटहरी चिल्ड्रेन स्कूललाई एक लाख रुपैयाँ जरिवानासहित विवरण पेस गर्न पत्राचार गरेको थियो। सो समयावधिमा पनि विवरण पेस नभएकाले शैक्षिक सत्र २०८० देखि लागू हुनेगरी दुईवटै विद्यालयको अनुमति खारेज गरिको सुवेदीले जानकारी दिए।

प्रकाशित: ७ साउन २०८० २१:१२ | Sunday, July 23, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast