कांग्रेस सहमहामन्त्री यादवको आरोप : बालकृष्ण खाणलाई राज्यले नै फसायो

हिमाल प्रेस ७ साउन २०८० १७:१९ | Sunday, July 23, 2023
कांग्रेस सहमहामन्त्री यादवको आरोप : बालकृष्ण खाणलाई राज्यले नै फसायो

काठमाडौँ- नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले नेता बालकृष्ण खाणलाई राज्यले नै फसाएको आरोप लगाएका छन्। सानेपामा जारी पार्टीको केन्द्रीय समितिको बैठकमा बोल्दै यादवले खाणको बचाउ गरेका हुन्।

खाण नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लगेको प्रकरणमा मुछिएर अहिले पुर्पक्षका लागि थुनामा छन्। ‘बाकृष्ण खाणजीलाई राज्यले फसाएको छ। उहाँप्रति राज्यले ठूलो अन्याय गरेको छ। अहिलेसम्मको अनुसन्धानबाट जाहेरी छ, न कसैले पोलेको छ न, कुनै प्रमाण भेटिएको छ। तर, थप मुद्दा राजद्रोहको मुद्दासमेत लगाइएको छ,’ उनले भने, ‘लेनदेनको मुद्दामा राजद्रोहको मुद्दा लगाउने हो भने दिनको १०–२० वटा मुद्दा लाग्छ।’

उनले खाणलाई पार्टीले सहयोग गर्नुपर्ने पनि बताए। खाण पार्टीभित्रको संगठनमा पहुँच भएका नेताको रुपमा चिनिन्छन्।

प्रकाशित: ७ साउन २०८० १७:१९ | Sunday, July 23, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast