नबिल बैंक राष्ट्रिय उत्कृष्ट वार्षिक प्रतिवेदन अवार्डबाट सम्मानित

हिमाल प्रेस ६ साउन २०८० १७:२१ | Saturday, July 22, 2023
नबिल बैंक राष्ट्रिय उत्कृष्ट वार्षिक प्रतिवेदन अवार्डबाट सम्मानित

काठमाडौँ- नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान)ले नबिल बैंकलाई सम्मान गरेकाे छ। वार्षिक रूपमा प्रदान गरिने राष्ट्रिय उत्कृष्ट वार्षिक प्रतिवेदन अवार्ड २०२२बाट नबिल बैंक सम्मानित भएको हाे। बैंकिङ क्षेत्र तर्फको सिल्भर अवार्ड प्राप्त गरेको बैंकले जानकारी दिएकाे छ।

आर्थिक वर्ष २०२१/२२को वार्षिक प्रतिवेदनका आधारमा संस्थाको वित्तीय पारदर्शिता, जवाफदेहिता र सुशासनका लागि उक्त अवार्ड प्रदान गरिएको आईक्यानले जानकारी दिएको छ। शनिबार काठमाडौँमा आयोजित कार्यक्रममा अर्थमन्त्री डा. प्रकाशशरण महतले नबिल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत भुपेन्द्र पाण्डेलाई अवार्ड हस्तान्तरण गरे।

उक्त अवार्डले नबिल बैंक नेपालको तर्फबाट साउथ एसियसन फेडरेसन अफ एकाउन्ट्स (साफा)ले आयोजना गर्ने साफा बीपीए अवार्डका लागि प्रतिस्पर्धा गर्न मनोनित हुने पनि बैंकले जानकारी दिएको छ।

प्रकाशित: ६ साउन २०८० १७:२१ | Saturday, July 22, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast