सानिमा बैंकको ‘ब्यालेन्स सर्टिफिकेट र गुड फर पेमेन्ट चेक’को जानकारी अनलाइनबाटै लिन सकिने

हिमाल प्रेस ६ साउन २०८० १६:२१ | Saturday, July 22, 2023
सानिमा बैंकको ‘ब्यालेन्स सर्टिफिकेट र गुड फर पेमेन्ट चेक’को जानकारी अनलाइनबाटै लिन सकिने

काठमाडौँ- सानिमा बैंकले ‘ब्यालेन्स सर्टिफिकेट र गुड फर पेमेन्ट चेक’को जानकारी अनलाइनमार्फत लिन सकिने व्यवस्था गरेको छ। बैंकले जारी गरेका ब्यालेन्स सर्टिफिकेटको आधिकारिकता उक्त ब्यालेन्स सर्टिफिकेटमा रहेकाे क्यूआर स्क्यान गरी तथा बैंकको वेबसाइटमार्फत जानकारी लिन सकिने बैंकले जानकारी दिएको छ।

त्यस्तै गुड फर पेमेन्ट चेकको अनलाइनबाट आधिकारिकताको जानकारी लिन सकिने व्यवस्था गरेको बैंकको भनाइ छ। सो जानकारी बैंकको वेबसाइटमार्फत लिन सकिनेछ। यसबाट नक्कली ब्यालेन्स सर्टिफिकेट र नक्कली गुड फर पेमेन्ट चेकहरूबाट ग्राहक सुरक्षित हुने विश्वास लिइएको बैंकले बताएको छ।

प्रकाशित: ६ साउन २०८० १६:२१ | Saturday, July 22, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast