आज काठमाडौँ र ललितपुरमा ८ घन्टा लोडसेडिङ

हिमाल प्रेस ६ साउन २०८० ६:४५ | Saturday, July 22, 2023
आज काठमाडौँ र ललितपुरमा ८ घन्टा लोडसेडिङ

काठमाडौँ- आज काठमाडौँ र ललितपुरका विभिन्न स्थानमा विद्युत् वितरण प्रभावित हुने भएको छ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार टेकु सबस्टेसन स्तरोन्नति गरी टेकू-स्युचाटार ६६ केभी लाइन १३२ केभी मा चार्ज गर्ने काम भइरहेको हुँदा बिहान साढे ८ बजेदेखि अपराह्न साढे ४ बजेसम्म विद्युत प्रभावित हुने भएको हो।

प्राधिकरणका अनुसार बागमती फिडर अन्तर्गतका सानेपा राम मन्दिर, गुसिगाल, एडभान्स कलेज, अमरावती र रेडिएण्ड स्कुल क्षेत्रमा विद्युत प्रभावित हुनेछ।त्यस्तै पुल्चोक फिडर अन्तर्गतका बल्खु, झम्सीखेल, पुल्चोक र ठाडोढुंगा क्षेत्रमा विद्युत प्रभावित हुनेछ।

यसैगरी मती फिडर अन्तर्गतका ज्ञान तीर्थ मार्ग कालीमाटी सालिक चोक, छाउनी, डल्लु, बिजेश्वरी, स्वयम्भू, कीर्तिपुर फिडर अन्तर्गतका बल्खु, खसीबजार, त्रिभवुन विश्वविद्यालय लगायतका क्षेत्रमा विद्युत् प्रभावित हुने प्राधिकरणले जनाएको छ।

त्यसैगरी त्रिपुरेश्वर फिडरअन्तर्गतका टेकूदेखि पचली भैरव, उद्योग वाणिज्य संघ हुँदै सुकुम्बासी वस्ती लगायतका क्षेत्रमा विद्युत् प्रभावित हुने छ। प्राधिकरणले ती क्षेत्रमा निर्धारित समयअघि नै काम सकेर लाइन सुचारू गर्ने प्रयास रहने जानकारी गराएको छ।

प्रकाशित: ६ साउन २०८० ६:४५ | Saturday, July 22, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast