काठमाडौँ- राप्रपा नेपालका अध्यक्ष कमल थापाले आजको सडक संघर्ष तेस्रो जनआन्दोलनको पहिलो फिलिंगो भएको बताएका छन्।
शुक्रबार काठमाडौँको शान्ति वाटिकामा आयोजित विरोधसभालाई सम्बोधन गर्दै उनले संघीय गणतन्त्रको नाममा कायम रहेको भ्रष्ट व्यवस्था र तन्त्र अन्त्य गर्न जनता सडकमा उत्रनुबाहेक अर्को विकल्प नभएको बताएका हुन्।
देश अहिले संकटको दलदलमा भासिएको पनि बताए।
प्रकाशित: ५ साउन २०८० १९:२४ | Friday, July 21, 2023
प्रतिक्रिया




