इरान रुसको शीर्ष सैन्य सहयोगी : अमेरिका

हिमाल प्रेस २४ मंसिर २०७९ ९:१७ | Saturday, December 10, 2022
इरान रुसको शीर्ष सैन्य सहयोगी : अमेरिका

न्युयोर्क- रुस र इरानको सम्बन्ध पूर्णविकसित रक्षा साझेदारीमा गाढा भएको अमेरिकाले बताएको छ। रुसले अभूतपूर्व तहको सैन्य सहयोग गरिरहेको अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन किर्बीले बताए।

अमेरिकाले दुई देशले घातक ड्रोनको संयुक्त उत्पादनबारे सोचिरहेको विवरण देखेको देखेको उनले दाबी गरे। रुस र इरानबीचको सहकार्य हालै प्रकाश पारिएको छ। युक्रेनले रुसले आफ्नो आक्रमणमा इरानी ड्रोन प्रयोग गरेको आरोप लगाएको छ। इरानले सुरुमा रुसलाई कुनै पनि ड्रोन पठाएको अस्वीकार गरे पनि उसले युक्रेनमा आक्रमण गर्नुअघि केही आपूर्ति गरेको पछि खुलासा गरेको थियो।

किर्बीले इरान र रुसबीच ड्रोन उत्पादन गर्ने साझेदारी युक्रेन, इरानका छिमेकी र अन्तर्राष्ट्रिय समुदायका लागि हानिकारक हुने बताए। अमेरिकाले इरानलाई हेलिकप्टर र हवाई रक्षा प्रणाली लगायतका ‘उन्नत सैन्य कम्पोनेन्टहरू’ उपलब्ध गराउन चाहेको भन्दै उनले भने, ‘रुसले इरानसँग हतियार विकास, तालिम जस्ता क्षेत्रमा सहकार्य गर्न खोजिरहेको छ।’

प्रकाशित: २४ मंसिर २०७९ ९:१७ | Saturday, December 10, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast