विश्वकै उत्कृष्टमा परे ब्रिटिस प्रोफेसनल कलेजका तीन विद्यार्थी

हिमाल प्रेस ५ साउन २०८० १६:२२ | Friday, July 21, 2023
विश्वकै उत्कृष्टमा परे ब्रिटिस प्रोफेसनल कलेजका तीन विद्यार्थी

काठमाडौँ- ब्रिटिस प्रोफेसनल कलेज (बीपीसी)मा एसीसीए (एसोसिएसन अफ चार्टर्ड सर्टिफाइड एकाउन्टेन्ट्स) अध्ययनरत तीन विद्यार्थी विश्वकै उत्कृष्टमा पर्न सफल भएका छन्।

द ब्रिटिस कलेजको भागिनी संस्था बीपीसीमा अध्ययनरत दिपांशु थापा र हर्षवर्धन शाहले जुनमा भएको ‘ट्याक्सेसन’ विषयको परिक्षामा उत्कृष्ट नतिजा ल्याएका हुन्। थापा ९८ प्रतिशत ल्याएर विश्वकै दोस्रो स्थानमा परेका छन् भने ९७ प्रतिशत ल्याएर शाह तेस्रो भए।

त्यस्तै रञ्जन पौडेलले ‘स्ट्राटेजिक बिजनेश रिपोर्टिङ’ विषयमा ९१ प्रतिशत ल्याएर दोस्रो स्थान हासिल गरेका छन्। यसअघि बीपीसीकै रिया मानन्धर र रेजिका महर्जन विश्वकै उत्कृष्ट विद्यार्थी बनेका थिए।

निरन्तर विश्वस्तरिय नतिजा ल्याएकोमा कलेजलाई हालै एसीसीएले प्रतिष्ठित ‘प्लेटिनम अप्रुभल लर्निङ पार्टनर’को दर्जा प्रदान गरेको छ। प्लेटिनम अप्रुभल शैक्षिक संस्थाहरूलाई प्रदान गरिने सबैभन्दा उच्चस्तरको अवार्ड हो। कलेजकी कार्यकारी प्रिन्सिपल प्रा. मेरी विशपले विश्वकै उत्कृष्ट नतिजा ल्याउनु असाधारण भएको बताइन्।

एसीसीए कार्यक्रम विश्वको सबैभन्दा ठूलो र द्रुत गतिमा अघि बढिरहेको अन्तर्राष्ट्रिय लेखा निकाय हो। १७९ देशमा फैलिएको एसीसीएमा ५ लाख ३५ हजारभन्दा बढी विद्यार्थी अध्ययनरत छन्।

 

प्रकाशित: ५ साउन २०८० १६:२२ | Friday, July 21, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast