अहिलेको सत्ता गठबन्धनलाई सफल बनाउनु पर्छ : रमेश लेखक

हिमाल प्रेस ५ साउन २०८० १३:४१ | Friday, July 21, 2023
अहिलेको सत्ता गठबन्धनलाई सफल बनाउनु पर्छ : रमेश लेखक

काठमाडौँ– नेपाली कांग्रेस केन्द्रीय सदस्य रमेश लेखकले वर्तमान सत्ता गठबन्धनलाई सफल बनाउनु पार्टीको अहिलेको आवश्यकता भएको बताएका छन्। चार दिनदेखि सानेपामा जारी केन्द्रीय समिति बैठकमा उनले गठबन्धनकै जगमा कांग्रेस पहिलो दल भएको भन्दै यसको राजनीतिक नेतृत्व पनि कांग्रेसले गरिरहेको बताए।

‘एउटा ठूलो उपलब्धी गरेका छौँ। नेपाली कांग्रेस तीन तहको सरकारमा सबैभन्दा ठूलो पार्टी भएको छ। यो गठबन्धनको राजनीतिक नेतृतव कांग्रेसले गरेको छ,’ उनले भने, ‘यो गठबन्धनको स्थिरता र स्थायीत्वका लागि के निर्णय गरेर जान्छौं त्यसले पनि ठूलो अर्थ राख्छ।’

लेखकले अहिलेको सत्ता गठबन्धनलाई जनता र राष्ट्रलाई जोड्ने विषयमा कांग्रेस बैठकमा निर्णय हुनुपर्ने बताए। फेसबुक लाइभ विश्वभर नेपालीले हेरिरहेको भन्दै उनले कतारमा बसेर श्रम गरिरहेको श्रमिक, अमेरिकामा बसेर काम गरिरहेका र तराईको खेतबारीमा काम गर्दै लाइभ हेरिरहेकाले म कांग्रेसको बैठकमा कहाँ छु भनेर हेरिरहेको बताए।

प्रकाशित: ५ साउन २०८० १३:४१ | Friday, July 21, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast