हलमा ‘लुङा’, ‘बार्बी’ र ‘ओपेनहाइमर’

हिमाल प्रेस ५ साउन २०८० ११:३४ | Friday, July 21, 2023
हलमा ‘लुङा’, ‘बार्बी’ र ‘ओपेनहाइमर’

काठमाडौँ– नेपाली फिल्म ‘लुङा’ आजदेखि प्रदर्शनमा आएको छ। लिम्बू संस्कृतिमा आधारित फिल्म ‘लुङा’का निर्माता किरण राई हुन्। फिल्मको छायांकन र सम्पादन पनि किरणले नै गरेका छन्।

फिल्ममा बुद्धि तामाङ, भुवनसिंह राई, सारा राई, भीम शर्मा लिम्बू, प्रकाश दाहाल, अनुप लिङ्खिम, सुदीपजंग कार्की, गंगाबहादुर राई, सम्झना लिम्बू, रमेश बुढाथोकी, निशान लुइँटेल, स्मृति पोखरेललगायत कलाकारको अभिनय छ।

भुवन सिंह राईको कथा रहेको फिल्म फिल्मका निर्माता सञ्जीव राई हुन्। यो फिल्म आएनआई सिनेमाज, वान सिनेमाज, सीडीसी सिनेमा, अष्टनारायण हल, कीर्तिपुर सिनेप्लेक्स, सञ्जना सिनेप्लेक्सलगायत हलमा शो पाएको छ।

दुई बलिउड

यस्तै हलमा आज नै हलिउड फिल्म ‘बार्बी’ र ‘ओपेनहाइमर’ पनि प्रदर्शन गरिएको छ।

हलिउड फिल्म ‘बार्बी’ कमेडी र एक्सन जनरामा बनेको छ।

फिल्म ग्रेटा गेर्विगले निर्देशन गरेका हुन्। फिल्ममा मार्गोट रोबिरायन, गोस्लिङ एम्मा, म्याकीविल फरेल सिमु लिउलगायत कलाकारको अभिनय छ।

‘ओपेनहाइमर’ बायोग्राफी र ड्रामा जनरामा बनेको छ। फिल्ममा निर्देशक क्रिस्टोफर नोलन हुन्। फिल्ममा अमेरिकी वैज्ञानिक जे रोबर्ट ओपेनहाइमरको कथा र परमाणुबाट बनेको बमको विकासमा उनको भूमिकालाई प्रस्तुत गरिएको छ।

फिल्ममा सिलियन मफी, इमिली ब्लन्ट, फ्लोरेन्स पग, रोबर्ट डाउनी, जुनियर म्याट डेमन लगायतको अभिनय छ।

यी दुई फिल्मले मल्टिप्लेक्स हलहरूमा थुपै शो पाएको छ।

प्रकाशित: ५ साउन २०८० ११:३४ | Friday, July 21, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast