जसपाले फेर्‍यो झन्डा र लोगो

हिमाल प्रेस ५ साउन २०८० ९:१३ | Friday, July 21, 2023
जसपाले फेर्‍यो झन्डा र लोगो उपेन्द्र यादव।

काठमाडौँ- जनता समाजवादी पार्टी नेपाल (जसपा)ले पार्टीको झन्डा र लोगो फेरेको छ।

जसपाले संशोधनसहित तयार भएको विधानलाई प्रमाणीकरण गर्दै पार्टीको नयाँ झन्डा र लोगो बनाएको हो।

असार १० देखि १२ गतेसम्म चलेको विधान अधिवेशनमा पार्टीको विधान मस्यौदा प्रस्तुत गरिएको थियो। त्यसमा छलफल हुँदा आएको सुझावका आधारमा जसपाका अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा गठन भएको एक समितिले विधानलाई अन्तिम रूप दिई त्यसलाई बिहीबार प्रमाणीकरण गरेको छ।

प्रमाणीकरण गरिएको विधानअनुसार पार्टीको झन्डा र लोगो परिवर्तन गरेको छ।

यसअघि माथिल्लो भागमा रातो र तल्लो भागमा हरियो रंगको पृष्ठभूमिमा सेतो ताराको सट्टा अहिले रातो पृष्ठभूमिमा सेतो तारा राखिएको छ।

त्यस्तै यसअघिको पार्टीको लोगोमा पनि परिवर्तन गरिएको छ। जसअनुसार पहिलेको लोगोमा मुठ्ठीसहितको हात राखिएको छ।

प्रकाशित: ५ साउन २०८० ९:१३ | Friday, July 21, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast