सांसदको संख्या घटाउन वामदेव गौतमको माग

हिमाल प्रेस ४ साउन २०८० १५:२९ | Thursday, July 20, 2023
सांसदको संख्या घटाउन वामदेव गौतमको माग फाइल तस्बिर

काठमाडौँ- राष्ट्रियसभा सदस्य वामदेव गौतमले नेपाली सेनाको संख्या घटाउने प्रस्तावप्रति आपत्ति व्यक्त गरेका छन्। पूर्वउपप्रधानमन्त्रीसमेत रहेका गौतमले राष्ट्र र जनतालाई स्वतन्त्रतापूर्वक बाँच्न पाउने अधिकार दिलाएको नेपाली सेनाको संख्या घटाउन नहुने बताएका हुन्।

उनले सेनाको संख्या घटाउने कुरा नेपाली सेनाको अपमान रहेको पनि बताए। बिहीबार राष्ट्रियसभा बैठकमा विशेष समय लिएर बोल्दै उनले नेपाली सेनाको संख्या कायम राख्दै औद्योगिक क्षेत्र र कृषि क्षेत्रको उत्पादन वृद्धिका लागि २ लाख सेना थप गर्नुपर्ने बताए।

त्यसो गर्न सकेमा नेपाली सेनाले आगामी ५ वर्षभित्र नेपाललाई आत्मनिर्भर मात्रै बनाउने नभई विदेश निर्यात गर्ने मुलुकको स्तरमा पु¥याउने सांसद गौतमको भनाइ थियो। गौरवगाथाले भरिएको नेपाली सेनाको संख्या घटाएर त्यसको बजेट देशको विकासमा लगाउने कुराको पनि खण्डन गेर। सेनाको संख्या नभएर प्रतिनिधिसभा सांसद घटाउने र प्रदेशसभा सांसद हटाउनुपर्ने माग उनले गरे।

प्रकाशित: ४ साउन २०८० १५:२९ | Thursday, July 20, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast