ट्राफिक प्रहरीलाई सांग्रिला डेभलपमेन्टको सहयोग

हिमाल प्रेस ३ साउन २०८० १७:४२ | Wednesday, July 19, 2023
ट्राफिक प्रहरीलाई सांग्रिला डेभलपमेन्टको सहयोग

काठमाडौँ- सांग्रिल डेभलपमेन्ट बैंकले समाजिक काम गर्ने विभिन्न संस्थालाई सहयोग गरेको छ। काठमाडौँको मालीगाँउ ट्राफिक प्रहरी वृत्तलाई फ्लोरसेन्ट ज्याकेट सहयोग गरेको हो। उक्त क्षेत्रमा चल्ने सवारीसाधनलाई व्यवस्थापन गर्न सजिलो होस् भन्ने उद्देश्यले सहयोग गरिएको बैंकले जानकारी दिएको छ।

उक्त सहयोग ट्राफिक प्रहरीको टोलीलाई बैंकका प्रमुख सञ्चालन अधिकृत अपूर्वप्रसाद जोशीले हस्तान्तरण गरे। उक्त सहयोगले ट्राफिक प्रहरीलाई ट्राफिक व्यवस्थापनमा मद्दत पुग्ने जोशीले बताए। बैंकले देशभर ११२ शाखामार्फत सेवा दिँदै आएको छ। उक्र शाखाहरूमार्फत संस्थागत उत्तरदायित्वअन्तर्गत विभिन्न संस्थाहरूलाई सहयोग गर्दै आएको पनि बैंकले बताएको छ।

प्रकाशित: ३ साउन २०८० १७:४२ | Wednesday, July 19, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast