कांग्रेस बैठक लाइभ : फेसबुकका आलोचनात्मक कमेन्ट डिलिट गर्दै मोडरेटर

हिमाल प्रेस ३ साउन २०८० १३:२२ | Wednesday, July 19, 2023
कांग्रेस बैठक लाइभ : फेसबुकका आलोचनात्मक कमेन्ट डिलिट गर्दै मोडरेटर

काठमाडौँ- नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक फेसबुकबाट प्रत्यक्ष प्रसारण भइरहेको छ। मुलुकको पुरानो प्रजातान्त्रिक पार्टीले आफ्नो पार्टी गतिविधिलाई पारदर्शी बनाइरहेको भनेर कतिपयले प्रशंसा गरिरहेका छन्।

हुन पनि कांग्रेसको बैठकमा केकस्ता गतिविधि हुँदा रहेछन्, कुन व्यक्तिले आफ्ना धारणा कसरी प्रस्तुत गर्दा रहेछन् भन्ने कुरा राजनीतिमा चाख राख्ने जोकसैले हेर्न पाएका छन्। कांग्रेसको मंगलबार सुरु भएको बैठकको प्रत्यक्ष प्रसारण बुधबार पनि जारी छ।

फेसबुक लाइभ गर्दा सबैले पार्टीको प्रशंसा गर्छन् भन्ने छैन। किनकि कांग्रेसभित्रै पनि नेतृत्वको आलोचना गर्नेहरू धेरै छन्। तर फेसबुक लाइभमा पार्टी र नेताहरूमाथि गरिएको आलोचनालाई मोडरेटरले धमाधम डिलिट गरिरहेका छन्।

बैठकमा पनि पार्टीको प्रशंसा गरिएका, शुभकामना दिइएका शब्द र वाक्यहरू जस्ताको तस्तै राखिएका छन् भने आलोचना गरिएका कमेन्टहरू धमाधम डिलिट गर्ने क्रम जारी छ। त्यसैले लोकतान्त्रिक भनिएको ठूलो दलले फेसबुकको आलोचना पनि किन सहन नसकेको भनेर प्रश्न उठ्न थालेको छ।

प्रकाशित: ३ साउन २०८० १३:२२ | Wednesday, July 19, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast