ललितानिवास बालुवा प्रकरण : आज पनि सुनुवाइ जारी रहने

हिमाल प्रेस ३ साउन २०८० ९:२१ | Wednesday, July 19, 2023
ललितानिवास बालुवा प्रकरण : आज पनि सुनुवाइ जारी रहने

काठमाडौँ- ललितानिवास जग्गा प्रकरणको मुद्दाको रिटमाथि आज पनि सर्वोच्च अदालतमा बहस जारी रहने भएको छ।

मंगलबार सर्वोच्च अदालतका न्यायाधीशद्वय प्रकाशकुमार ढुंगाना र नहकुल सुवेदीको संयुक्त इजलासमा बहस जारी रहँदा नै समय सकिएपछि आज सुनुवाइ हुने भएको हो।

उक्त प्रकरणमा कीर्ते गरेको अभियोगमा सचिव कृष्णबहादुर राउत, निर्वाचन आयोगका पूर्वआयुक्त सुधिरकुमार शाह, व्यवसायी मीनबहादुर गुरुङ र मालपोत कार्यालयका पूर्वकर्मचारी धर्मप्रसाद गौतमलाई पक्राउ गरी अनुसन्धान सुरु गरेपछि सर्वोच्च अदालतमा बन्दीको रिट निवेदन दायर गरिएको थियो।

सर्वोच्च अदालतले सो विवादसम्बन्धी छ थान रिट निवेदन एकै ठाउँमा राखेर सुनुवाइ गरिरहेको छ।

प्रकाशित: ३ साउन २०८० ९:२१ | Wednesday, July 19, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast