चीनको राजधानी बेइजिङको उद्यानमा स्थापितविशाल काँस्य मूर्ति चीनकै सबैभन्दा ठूला र धेरै तौल भएका मूर्तिमध्येको एक मानिन्छ। युआन वंश (१३२१) मा स्थापित यो शाक्यमुनि बुद्धको निर्वाण मुद्राको विशाल मूर्ति ५४ टनको छ। मूर्तिको कुल लम्बाइ ५.३ मिटर र उचाइ १.६ मिटर छ। यो निर्वाण मुद्राको बुद्ध मूर्तिको शिर पश्चिमतिर फर्केको छ भने करुणामय अनुहार दक्षिणतिर फर्केको छ।
                            प्रकाशित: २ जेठ  २०७९ ५:३६ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
 