काठमाडौँ- यही साउन ६ मा अमेरिकाको टेक्ससमा हुने भनिएको ११ औँ नेफ्टा (नेपाल फिल्म टेक्निसियन एसोसिएसन) अवार्ड पुनः स्थगित भएको छ।
कार्यक्रमका लागि तयारी नपुगेको भन्दै चलचित्र प्राविधिक संघले स्थगित गरिएको जानकारी दिएको छ। केही दिनमै पत्रकार सम्मेलनमार्फत नयाँ मिति सार्वजनिक गर्ने संघले जनाएको छ।
कार्यक्रम स्थगित भएको यो दोस्रो पटक हो। यसअघि जेठ १३ मा कार्यक्रम गर्ने भनिएको थियो।
नेफ्टाले २०७९ सालमा प्रदर्शन भएका ४२ विधाका फिल्मलाई अवार्ड बाँड्ने तयारी गरेको छ।
यसअघि नेप्टा मलेसिया, हङकङ, कतार, दुबईमा सम्पन्न गरिसकिएको छ।
प्रकाशित: २ साउन २०८० १३:२१ | Tuesday, July 18, 2023
प्रतिक्रिया



