ललिता निवास प्रकरण : बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमापथ आज पनि सुनुवाइ हुने

हिमाल प्रेस २ साउन २०८० ७:०२ | Tuesday, July 18, 2023
ललिता निवास प्रकरण : बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमापथ आज पनि सुनुवाइ हुने

काठमाडौँ- ललिता निवास प्रकरणको बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमाथि आज पनि सुनुवाइ हुने भएको छ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय प्रकाशकुमार ढुंगाना र नहकुल सुवेदीको संयुक्त इजलासमा सोमबार बहस हुँदाहुँदै समय सकिएपछि आज मंगलबार पनि सुनुवाइ हुने भएको हो।

प्रकरणमा कीर्ते गरेको अभियोगमा सचिव कृष्णबहादुर राउत, निर्वाचन आयोगका पूर्वआयुक्त सुधिरकुमार शाह, व्यवसायी मीनबहादुर गुरुङ र मालपोत कार्यालयका पूर्व कर्मचारी धर्मप्रसाद गौतमलाई पक्राउ गरी अनुसन्धान सुरु गरिएपछि सर्वोच्च अदालतमा बन्दीको रिट निवेदन दायर गरिएको थियो।

सर्वोच्च अदालतले विवादसम्बन्धी ६ थान रिट निवेदन एकै ठाउँमा राखेर सुनुवाइ गरिरहेको छ।

प्रकाशित: २ साउन २०८० ७:०२ | Tuesday, July 18, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast