अधिकार खोसेको भन्दै अध्यक्षमाथि हातपात गर्ने गाउँपालिका उपाध्यक्ष आफैँ पुगिन् प्रहरीमा

हिमाल प्रेस १ साउन २०८० १९:५० | Monday, July 17, 2023
अधिकार खोसेको भन्दै अध्यक्षमाथि हातपात गर्ने गाउँपालिका उपाध्यक्ष आफैँ पुगिन् प्रहरीमा गुठिचाैर गाउँपालिका रहेकाे स्थल। वडा नम्बर ४ धलमुडी

जुम्ला- जुम्लाको गुठीचौर गाउँपालिकाका अध्यक्ष दानबहादुर बुढामाथि कार्यकक्षमै हातपात गरेको आरोपमा उपाध्यक्ष शान्तिकुमारी मल्ल भण्डारीलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ। उपाध्यक्ष भण्डारी आफैँ जिल्ला प्रहरी कार्यालयमा उपस्थित भएपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएकाे हाे।

उपाध्यक्ष भण्डारीमाथि अध्यक्षको कार्यकक्षमा प्रवेश गरेर हातपात गरेको आरोप छ। गाउँपालिका प्रवक्ता अर्जुन महताराका अनुसार उपाध्यक्ष भण्डारीले अध्यक्ष बुढालाई थप्पड र चप्पल प्रहार गरेकी थिइन्।

गाउँपालिका अध्यक्ष बुढाले जिल्ला प्रहरी कार्यालय जुम्लामा जाहेरी दिएको गाउँपालिका प्रवक्ता महताराले बताए। कार्यालय समय सकिएकाले आइतबार जाहेरी दर्ता हुन सकेको थिएन। सोमबार बिदा परेकाले मंगलबार कार्यालय खुल्ने वित्तिकै जाहेरी दर्ता हुने जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक प्रह्लाद कार्कीले बताए।

अध्यक्ष बुढाले बजेट निर्माणदेखि पालिकामा भइरहेका काम कारबाही चित्त नबुझे छलफलमार्फत समाधान गर्न सकिने पर्याप्त सम्भावना हुँदाहुँदै उपाध्यक्ष भण्डारीले आफूमाथि हातपात गरेको बताए।

उपाध्यक्ष भण्डारीले अध्यक्षले मनपरी बजेट विनियोजन गरेको र आफ्नो अधिकार खोसेको बताइन्। कार्यपालिकाको बैठकले उक्त घटनाप्रति दुःख व्यक्त गरेको छ। गाउँपालिकाको बजेट पनि आइतबार नै अनुमोदन भइसकेको छ। घटनाबारे उपाध्यक्ष भण्डारीसँग सोधपुछ भइरहेको जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी धर्मराज जोशीले बताए। रासस

प्रकाशित: १ साउन २०८० १९:५० | Monday, July 17, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + 19 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast