निर्वाचन आयोग
काठमाडौँ– निर्वाचन आयोगले लेखा परीक्षण प्रतिवेदन नबुझाउने राजनीतिक दलहरूलाई जरिबाना लगाएको छ। सार्वजनिक सूचनाअनुसार नेपाल कम्युनिस्ट पार्टी (माले)सहित ३९ राजनीतिक दललाई लेखा परीक्षण प्रतिवेदन सात दिनभित्र सार्वजनिक गरी सो विवरण पेस नगरेको भन्दै कारबाही गर्ने निर्णय गरेको हो।
आयोगमा विवरण नबुझाएका दलहरूलाई अबको सात दिनभित्र बुझाउन पनि भनिएको छ।
प्रकाशित: १ साउन २०८० १८:३० | Monday, July 17, 2023
प्रतिक्रिया




