वीर र ट्रमा सेन्टरमा बिहान ८ बजेदेखि ओपिडी सेवा

हिमाल प्रेस १ साउन २०८० १२:४८ | Monday, July 17, 2023
वीर र ट्रमा सेन्टरमा बिहान ८ बजेदेखि ओपिडी सेवा

काठमाडौँ- वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा आजदेखि बहिरंग सेवा (ओपिडी) बिहान ८ बजेदेखि सुरु भएको छ। यसअघि बिहान ९ बजेदेखि ओपिडी सेवा सञ्चालन हुँदै आएको थियो।

वीर अस्पतालका निर्देशक डा सन्तोष पौडेलले बिरामीलाई सहज सेवा दिने उद्देश्यले ओपिडी सेवा बिहान ८ बजेदेखि सुरु गरिएको जानकारी दिए। दुवै अस्पतालमा टिकटको समय बिहान ७ बजेदेखि अपरान्ह २ः३० बजेसम्म निर्धारण गरिएको उनले बताए।

वीर अस्पतालमा शल्यक्रिया सेवा बिहान ८ बजेदेखि सुरु हुने अस्पतालले जनाएको छ। अस्पताल प्रशासनले सबै कर्मचारीको ई-हाजिरी अनिवार्य गरिएको जनाएको छ। अस्पतालबाट दैनिक तीन हजार बिरामीले ओपिडी सेवा लिइरहेका छन्।

ट्रमा सेन्टरका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा बद्री रिजालले बिहान ८ः१५ बजेदेखि ओपिडी सेवा सुरु गरिएको जानकारी दिए। उनका अनुसार ट्रमा सेन्टरअन्तर्गत रहेका सबै विभागमा बिहानैदेखि ओपिडी सेवा सुरु गरिएको छ।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) कार्यकारी परिषद्को बैठकले वीर अस्पताल र ट्रमा सेन्टरमा बिहान ८ बजेदेखि ओपिडी सेवा सुरु गर्ने निर्णण गरेको थियो।

प्रकाशित: १ साउन २०८० १२:४८ | Monday, July 17, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast