फाइल तस्बिर।
काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संसदीय दलको नेताका लागि मौका कुरिरहेको बताएका छन्।
आइतबार संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले संसदीय दलको नेतामा एकपटक प्रतिस्पर्धा गरेपछि अर्कोपटक नपाउने व्यवस्था नभएकाले दलको नेताका लागि मौका कुरिरहेको बताएका हुन्।
संसदीय दलको नेता बदलिराख्नुपर्छ भन्ने कुरा आफूले पार्टी सभापति शेरबहादुर देउवाबाटै सिकेको उनले बताए। सांसद थापाले संसदीय दलको नेताका लागि प्रयास गरिराख्नु अनौठो र अस्वाभाविक नभएको पनि जिकिर गरे।
प्रकाशित: ३१ असार २०८० १९:५० | Sunday, July 16, 2023
प्रतिक्रिया



