पर्वतमा जिप दुर्घटना हुँदा एक बालिकाको मृत्यु, ११ जना घाइते

हिमाल प्रेस ३१ असार २०८० ११:२४ | Sunday, July 16, 2023
पर्वतमा जिप दुर्घटना हुँदा एक बालिकाको मृत्यु, ११ जना घाइते

पर्वत– पर्वतको कुश्मा नगरपालिका-३ दुर्लुङको गौडामुनिमा आइतबार राति भएको जिप दुर्घटनामा एक बालिकाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन्।

जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुख सुमन निउरेका अनुसार सदरमुकाम कुश्माबाट दुर्लङका लागि छुटेको ग १ज ५२२९ नम्बरको जिप दुर्घटनामा परेको थियो। दुर्घटनामा परी गम्भीर घाइते भएकी कुश्मा-३ की सात वर्षीया बालिका शीतल विकको उपचारका क्रममा निधन भएको छ।

टाउको र आँखामा गम्भीर चोट लागेकी उनको उपचारकै क्रममा पर्वत अस्पतालमा मृत्यु भएको हो।

सोही स्थानका ४ वर्षीय प्रिन्स क्षेत्री र ५० वर्षीया चन्द्रकला क्षेत्रीलाई थप उपचारका लागि गण्डकी अस्पताल पोखरा पठाइएको छ। प्रहरीका अनुसार उनीहरू दुवैको अवस्था मध्यम छ।

दुर्घटनामा परी दुर्लुङकै तीन वर्षीय सौरभ विक, २३ वर्षीया शान्ति विक, ७० वर्षीय कृष्ण पाध्या, १६ वर्षीय निशान परियार, ५५ वर्षीया हिरादेवी मगर, ३५ वर्षीय मीन क्षेत्री, ४७ वर्षीय अमृत शर्मा, ७६ वर्षीय भजत शर्मा, पोखरा बस्ने १६ वर्षीय अमर विक घाइते भएका छन्।

उकालो बाटोमा चढ्दै गरेको जिप अचानक अनियन्त्रित भई सडकबाट करिब ३०-३५ मिटर तल खसेको थियो।

जिपका चालक प्रहरीको नियन्त्रणमा रहेको र जिप घटनास्थलमा सवारीधनीको जिम्मामा रहेको प्रहरी निरीक्षक प्रकाश रावतले जानकारी दिए।

प्रकाशित: ३१ असार २०८० ११:२४ | Sunday, July 16, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast