मानसिक स्वास्थ्यबारे चेतना फैलाउने ‘बोल, मनका कुरा खोल’

हिमाल प्रेस ३१ असार २०८० १०:३३ | Sunday, July 16, 2023
मानसिक स्वास्थ्यबारे चेतना फैलाउने ‘बोल, मनका कुरा खोल’

काठमाडौँ– बिग्रँदो आर्थिक, सामाजिक, राजनीतिक कारण युवा वर्ग  कुनै न कुनै रूपमा ‘उकुसमुस’ लिएर बाँच्न बाध्य छ। समाजको यस्तै तितो यथार्थ समेटिएको गीत ‘बोल उकुसमुकुस बोल’ सार्वजनिक भएको छ।

युवामा बढ्दै गएको छटपटी र उकुसमुकुस बाहिर निकाल्न गीतले प्रयास गरेको छ।

गीतको भिडियो निर्देशन, कोरियोग्राफी र स्क्रिन प्ले द नेक्स्ट टिमका संस्थापक प्रदीप लामाले गरेका छन्।

गीत लेखन र संगीत पत्रकार अनुप ओझाको रहेको छ भने गीतलाई अनुप र प्रदीपले संयुक्त स्वर दिएका छन्।

शैक्षिक असफलता, जागिर गुमाउनुको पीडा, सम्बन्धमा दरार र निराशालगायत कारण आत्महत्या गर्ने प्रवृत्तिलाई निरुत्साह गर्दै जीवनप्रतिको उमंग जगाउनु गीतको उद्देश्य रहेको निर्माण पक्षले जनाएको छ।

प्रदीप लामा र केविका खत्री गीतका करियोग्राफर तथा सीर्जन रावल सह-कोरियोग्राफर हुन्।

टोखा, बालुवाखानी र ललितपुर एक स्टुडियोमा भिडियो छायांकन गरिएको भिडियोमा ५० जना बढी कलाकारको प्रस्तुति छ।

एस स्टडी वर्ल्डले निर्माण गरेको भिडियोमा विष्णु नेपाल भिडियोका मुख्य पात्र छन्।

पवन सुस्लिङले छायांकन तथा सम्पादन गरेका हुन्। सलिन मगरले संगीत संयोजन गरेका हुन्।

प्रदीप र अनुपको संयुक्त प्रस्तुति यसअघि सार्वजनिक गीत ‘वारिको डाँडामा म’ र ‘संसारै बैमानी’ मा पनि देख्न सकिन्छ।

प्रकाशित: ३१ असार २०८० १०:३३ | Sunday, July 16, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast