नयाँ प्रवृत्तिहरू धेरै टिक्दैनन् : अर्थमन्त्री

हिमाल प्रेस ३० असार २०८० १७:५९ | Saturday, July 15, 2023
नयाँ प्रवृत्तिहरू धेरै टिक्दैनन् : अर्थमन्त्री फाइल तस्बिर।

काठमाडौँ- अर्थमन्त्री एवं नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पुराना पार्टीहरूले केही गरेनन् भनेर आएका नयाँ पार्टीहरू धेरै टिक्न नसक्ने बताएका छन्। शनिबार काठमाडौँमा भएको एक कार्यक्रममा उनले पुराना दलहरूले केही गर्दैनन् भनेर आएका नयाँ पार्टी धेरै समय नटिक्ने टिप्पणी गरेका हुन्।

दुःखमा, सुखमा १०औँ वर्ष जेल, प्रवासन, पुलिसको लाठी, डन्डा सहेर पुराना पार्टीहरू निर्माण भएको भन्दै अर्थमन्त्री महतले उक्त समस्या ‘नयाँ प्रवृत्ति’हरूले भोग्नुपरेमा नटिक्ने बताए। ‘जताजता पात हल्लियो, त्यतात्यतै कुरा हामी गर्दैनौँ। अहिले नयाँनयाँ प्रवृत्तिहरू पुरानाहरूले केही गर्दैनन्, हामी गर्छौं भनेर आएका छन्। ती टिक्दैनन्,’ उनले भने, ‘हामी दुःखमा, सुखमा १०औँ वर्ष जेल, प्रवासन, पुलिसको लाठी, डन्डा सहेर अफ्ठ्यारोमा, झरीमा पनि खटेर बनेको पार्टी हो नेपाली काँग्रेस। यस्तै समस्या नयाँ प्रवृत्तिहरूले भोग्नुपर्‍यो भने कति टिक्छन् हेरौँला।’

प्रकाशित: ३० असार २०८० १७:५९ | Saturday, July 15, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast