अमेरिकी सहायक विदेशमन्त्री लु नेपालमा

हिमाल प्रेस २९ असार २०८० १३:०४ | Friday, July 14, 2023
अमेरिकी सहायक विदेशमन्त्री लु नेपालमा

काठमाडौँ- अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु नेपाल आएका छन्।

अमेरिकी विदेश मन्त्रालयको मध्य तथा दक्षिण एशिया सम्बन्धी मामला हेर्ने लु दक्षिण एशियाली मुलुकको भ्रमणका क्रममा काठमाडौँ आइपुगेका हुन्।

उनले आजै ४ बजे परराष्ट्रमन्त्री नारायणप्रकाश साउदसँग भेट गर्ने कार्यक्रम रहेको छ।

त्यसपछि उनले अमेरिकन चेम्बर अफ कमर्सको एक सदस्य संस्थासँग भेटघाट गर्ने कार्यक्रम रहेको छ।

प्रकाशित: २९ असार २०८० १३:०४ | Friday, July 14, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast