इक्यान उपाध्यक्ष पदमा राजन गोदारसहित चार जनाकाे स्वतन्त्र उम्मेदवारी

हिमाल प्रेस २८ असार २०८० १७:३६ | Thursday, July 13, 2023
इक्यान उपाध्यक्ष पदमा राजन गोदारसहित चार जनाकाे स्वतन्त्र उम्मेदवारी

काठमाडौँ- नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को उपाध्यक्ष पदमा राजन गोदारले स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन्।  उपाध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिनेमा उनीसहित पुष्पराज भट्टराई, यक्षविलास पाैडेल (वाईबी) र बिमलमान राजभण्डारी छन्। असार ३० गते सम्पन्न हुने इक्यानको निर्वाचनका लागि स्वतन्त्रसहित १० जनाले उपाध्यक्षमा उम्मेदवारी दर्ता गरेका हुन्।

उपाध्यक्षमा उम्मेदवारी दर्ता गर्नेमा शेषराज भट्टराई नेतृत्वको प्यानलबाट श्रीराम पौडेल, गीता सिवाकोटी, दयाराम थापाले उम्मेदवारी दिएका छन् भने विष्णुहरी नेतृत्वकाे प्यालबाट भूवन क्षेत्री, लक्ष्मण पौडेल (एन्ड्रयु) र प्रकाश श्रेष्ठले उम्मेदवारी दिएका छन्।

गाेदारले इक्यानमा रहेको राजनीतिकरण र नयाँलाई नेतृत्वमा जान रोक्ने अवस्थाको अन्त्य गर्न पनि आफूले उम्मेदवारी दिएको बताएका छन्। ‘विगत लामो समयदेखि इक्यान भित्र छु। इक्यानको कार्यसमितिमा जानुपर्छ भन्ने थिएन तर अहिलेसम्म नेतृत्वले गर्न नसकेका केही काम गर्ने योजनासहित मैले उम्मेदवारी दर्ता गरेको हुँ,’ उनले भने, ‘नेतृत्व उदार हुनुपर्छ। सबै सदस्यहरूलाई समान अवसर सिर्जना गर्नुपर्छ भन्ने विषयमा आवाज उठाउन पनि मैले उम्मेदवारी दिएको हुँ।’

उनले इक्यानलाई गतिशिल बनाउन र इक्यानको गन्तव्य पहिचाना गरी अघि बढ्न उम्मेदवारी दिएको बताए। आफू कार्यसमितामा भए काम गरेर देखाउन सक्ने र प्रविधिलाई व्यापारसँग जोड्न प्रयत्न गर्ने उनको भनाइ छ। उनले यस व्यवसायको गरिमा बढाउन काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्।

‘इक्यानका बहुसंख्यक सदस्यहरूको सुझावबाटै मैले उम्मेदवारी घोषणा गरेको हुँ। संस्थाको केही गरौँ भन्ने चाहेर उम्मेदवारी दिएको हुँ। संस्था भित्र राजनीतिक रङ आवश्यक हुँदैन। यस व्यवसायको गरिमालाई उच्च बनाउन र इक्यानको नेतृत्वसँग हातेमालो गरेर आफ्ना गतिविधि अघि बढाउने छु।’ गोदार अलाइट ग्रुप अफ कम्पनिका सञ्चालक हुन्।

प्रकाशित: २८ असार २०८० १७:३६ | Thursday, July 13, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast