दुई वटा संसदीय समितिमा हाम्रो दाबी : रवि लामिछाने

हिमाल प्रेस २८ असार २०८० ११:५७ | Thursday, July 13, 2023
दुई वटा संसदीय समितिमा हाम्रो दाबी : रवि लामिछाने फाइल तस्बिर।

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दुईवटा संसदीय समितिको नेतृत्वमा रास्वपाको दाबी रहने बताएका छन्।

बिहीबार काठमाडौँमा आयोजित संसदीय मामिला पत्रकार समाजको नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिँदै लामिछानेले यस्तो बताएका हुन्।

पूर्वउपप्रधान एवम् गृहमन्त्रीसमेत रहेका उनले अहिले रास्वपा सरकारमा सहभागी हुने कुनै योजना नरहेको स्पष्ट पारे।

अहिले पार्टी विस्तार र संगठनहरूलाई मजबुत बनाउनेलगायत आन्तरिक काममा रास्वपाको ध्यान केन्द्रित रहेकाले सरकारमा जानेबारे तत्काल कुनै निर्णय नभएको उनको भनाइ छ।

सरकारमा जाने रेसमा पार्टी नरहेको तर सरकारको स्थायीत्वको पक्षमा रास्वपा रहेको उल्लेख गरे।

पार्टीले आफ्ना निर्णयहरू स्वतन्त्र रूपमा गर्ने गरेको भए पनि कहिले सत्ता पक्ष र कहिले प्रतिपक्षी निकट भनेर आरोप लाग्ने गरेको उनले आरोप लगाए।

रास्वपा प्रतिपक्षीमा रहेको भन्दै सवै प्रतिपक्षीको एजेन्डा समान हुन नसक्ने उनले जनाए।

मिटरव्याजसम्बन्धी कानुनलाई अन्तिम दिनमा सदनमा ल्याउनुले आशंका उत्पन्न गरेको र अब सत्तामा रहेका दलहरू नै विपक्षमा उभिन सक्ने उनले जिकिर गरे।

प्रकाशित: २८ असार २०८० ११:५७ | Thursday, July 13, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast