इलाममा चियासम्बन्धी पढाइ हुने

हिमाल प्रेस २८ असार २०८० ९:२७ | Thursday, July 13, 2023
इलाममा चियासम्बन्धी पढाइ हुने फाइल तस्बिर।

काठमाडौँ- नेपालमा चिया रोपण सुरु भएको करिब १६० वर्षपछि चियासम्बन्धी पढाइ हुने भएको छ।

इलामको साँखेजुङस्थित रत्नकुमार वान्तवा बहुप्राविधिक शिक्षालयले यही वर्षदेखि चिया प्रविधिसम्बन्धी पढाइ सञ्चालन गर्ने तयारी गरेको हो।

शिक्षालयले जिल्लास्थित सरोकारवाला र चिया उद्योगीहरूबीच चिया प्रविधिसम्बन्धी अन्तरक्रिया गरेको छ।

चिया प्रविधि प्रि-डिप्लोमा तह (अप्रेन्टिशीप मोडालिटी) मा रहेर चिया प्रविधिसम्बन्धी कक्षा सञ्चालन गर्ने तयारी गरिएको शिक्षालयका प्रमुख दिपक खनालले बताए।

चिया प्रविधि पढाइका लागि दुई वर्षै पाठ्यक्रम भने यसअघि नै स्वीकृत भइसकेको छ। पाठ्यक्रम विकास तथा स्तर निर्धारण महाशाखाले चियाको पाठ्यक्रम निर्माण गरेको हो।

पाठ्यक्रम निर्माणपछि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषदबाट पनि पाठ्यक्रम स्वीकृत भइसकेको जनाइएको छ।

प्रमुख खनालले भने, ‘अब कक्षा सञ्चालनको पत्र आउनसाथ कक्षा सुरु गर्ने तयारी गरेका छौँ। यो शिक्षामा विद्यार्थीले पहिलो तीन महिना शिक्षालयमा अध्ययन गर्नेछन्। त्यसपछि उद्योगहरूमा चिया प्रविधि सिकाइको अभ्यास हुनेछ।’

यसअघि झापाको एक विद्यालयमा चिया पढाइ भइरहेको थियो। तर शिक्षक अभावका कारण केही समयअघि बन्द भयो।

शिक्षक पलायन भएपछि पढाइ रोकेको विद्यालयले बताएको थियो।
चिया खेती हुने क्षेत्रमा चिया नै पढाइ नभएको भन्दै आलोचना भइरहेको थियो।

यसैले पनि रत्नकुमार वान्तवा शिक्षालयले पढाउने तयारी गरेको हो।

प्रकाशित: २८ असार २०८० ९:२७ | Thursday, July 13, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast