‘पापी मान्छे ३’ निर्माणको तयारीमा राजकुमार

हिमाल प्रेस २७ असार २०८० १६:३७ | Wednesday, July 12, 2023
‘पापी मान्छे ३’ निर्माणको तयारीमा राजकुमार

काठमाडौँ- निर्माता राजकुमार राईले फिल्म ‘पापी मान्छे’ को तेस्रो श्रृंखला बनाउने घोषणा गरेका छन्। चिम्पाञ्जीको आकृति भएको पोस्टर सार्वजनिक गर्दै फिल्म निर्माणको घोषणा गरिएको हो।

पोस्टरअनुसार फिल्मको मुख्य भूमिकामा चिम्पाञ्जी रहने आँकलन गर्न सकिन्छ।‍ सामाजिक कथामा आधारित फिल्मको यसअघिका श्रृंखलामा पनि निर्माण टिमले फिल्ममा बाँदर र कुकुरलाई प्रयोग गरेका थिए।

तेस्रो श्रृंखलाको निर्देशन जनकदीप पराजुलीले गर्ने छन्। उनी नेपाली फिल्म निर्देशक समाजका अध्यक्ष हुन्। फिल्मको लेखन र कलाकार छनोटको कार्य भइरहेको निर्माण टिमले जनाएको छ।

पुराना कलाकार नदोहोरिने र फिल्म अर्को बर्ष प्रदर्शन गरिने बताइएको छ। फिल्म आरसी पिक्चर्सको ब्यानरमा बन्ने छ।

प्रकाशित: २७ असार २०८० १६:३७ | Wednesday, July 12, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast